२०८२ श्रावण ६ गते

धितोपत्र दोस्रो बजारमा अनलाइन लगइन गर्ने लगानीकर्ता १९ प्रतिशतले बढे

बैंकिङ खबर/ धितोपत्र दोस्रो बजारमा अनलाइन लगइन (ट्रेड म्यानेजमेन्ट सिस्टम – TMS) गर्ने लगानीकर्ताको संख्या १९ प्रतिशतले वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म TMS प्रयोगकर्ताको संख्या २६ लाख ३३ हजार ५१० पुगेको छ। अघिल्लो वर्ष २०८०/८१ को अन्त्यसम्म यो संख्या २२ लाख १६ हजार २४७ थियो।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म TMS लगइन गर्ने लगानीकर्ताको संख्या १७ लाख ६३ हजार ३०१ रहेको थियो। सो अनुसार लगानीकर्ताको सक्रिय सहभागिता हरेक वर्ष उल्लेख्य रूपमा बढ्दै गएको बोर्डको विश्लेषण छ।धितोपत्र बोर्डले पछिल्ला वर्षहरूमा अनलाइन कारोबार प्रणालीलाई सहज र सुलभ बनाउने नीति लिएको छ, जसको प्रत्यक्ष प्रभाव लगानीकर्ता संख्यामा देखिएको हो।