
बैंकिङ खबर/ आर्थिक वर्ष २०८१/०८२ मा सरकारको राजस्व संकलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जसले ११.३३ प्रतिशतको वृद्धि देखाउँछ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु वर्षका लागि प्रारम्भिक लक्ष्य १४ खर्ब १९ अर्ब थियो। तर अर्धवार्षिक समीक्षापछि लक्ष्य परिमार्जन गरी १२ खर्ब ८६ अर्बमा झारिएको थियो।
परिमार्जित लक्ष्यअनुसार यो वर्ष कुल ९१.६० प्रतिशत राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयअन्तर्गत राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद् तथा अन्तर्राष्ट्रिय परिस्थितिका चुनौतीबीच पनि अपेक्षाकृत राम्रो प्रदर्शन देखिएको छ। उनले भने, “तयारी सुरु गरिसकेका छौँ। चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने छौँ।”
चालु वर्षको लक्ष्य: १३ खर्ब १५ अर्ब
आज साउन १ गतेदेखि सुरु भएको आर्थिक वर्ष २०८२/०८३ मा सरकार १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित अघि बढेको छ।
विगत १० वर्षको राजस्व विवरण:
|
आर्थिक वर्ष |
राजस्व संकलन (रु.) |
|---|---|
|
२०७१/०७२ |
४ खर्ब ५ अर्ब |
|
२०७२/०७३ |
४ खर्ब ८१ अर्ब |
|
२०७३/०७४ |
६ खर्ब ९ अर्ब |
|
२०७४/०७५ |
७ खर्ब २६ अर्ब |
|
२०७५/०७६ |
८ खर्ब २९ अर्ब |
|
२०७६/०७७ |
७ खर्ब ९३ अर्ब |
|
२०७७/०७८ |
९ खर्ब ३५ अर्ब |
|
२०७८/०७९ |
१० खर्ब ६६ अर्ब |
|
२०७९/०८० |
९ खर्ब ५७ अर्ब |
|
२०८०/०८१ |
१० खर्ब ५८ अर्ब |
|
२०८१/०८२ |
११ खर्ब ७८ अर्ब |



