Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्रमा सबै देशहरूले समन्वयन गर्नुपर्ने बेला आएको छ

२०८२ चैत्र ३० गते
सेयर:

बैंकिङ खबर / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले अर्थतन्त्रमा सबै देशहरूले समन्वन गर्नुपर्ने बताएकी छन् । न्युयोर्कमा आयोजित कार्यक्रममा उनले युद्धका बेला कुनै पनि देशले एक्लाएक्लै निर्णय गर्दा थप जटीटलता आउन सक्ने बताईन्। निर्यात नियन्त्रण, मूल्यबृद्धि, वा नाबन्दी जस्ता समस्या निम्तिन नदिन आईएमएफको जोड रहेको उनले बताइन्। उनले सबै देशका वित्तीय निकायहरूले कमजोर वर्गलाई लक्षित गरी सहयोग प्रदान गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

उक्त बैठकमा भाग लिन नेपालबाट केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र अर्थमन्त्रालयका बरिष्ठ सहसचिव धनीराम शर्माले प्रतिििनधित्व गर्ने छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले आयोजना गरेको उक्त सम्मेलनमा १ सय १७ भन्दा बढी देशहरु सहभागि हुने भएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) भनेको के हो ?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एक विश्वव्यापी वित्तीय संस्था हो जसले विश्वका देशहरूलाई आर्थिक स्थिरता कायम राख्न सहयोग पुर्‍याउने उद्देश्यले काम गर्दछ। सन् १९४४ मा स्थापना भएको यस संस्थाको मुख्यालय अमेरिकाको वासिङ्टन डी.सी. मा रहेको छ। IMF ले आर्थिक संकटमा परेका देशहरूलाई ऋण उपलब्ध गराउने, वित्तीय नीति सुधारका लागि सुझाव दिने तथा विश्व अर्थतन्त्रलाई स्थिर र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। यस संस्थाले विशेषगरी भुक्तानी सन्तुलन (Balance of Payment) समस्या, मुद्रास्फीति नियन्त्रण तथा आर्थिक सुधार कार्यक्रमहरूमा सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने गर्छ।

नेपाललाई आईएमएफको आर्थिक सहयोग कति ?

आईएमएफबाट नेपालले पछिल्लो आर्थिक वर्षमा करिब ४३.२ मिलियन अमेरिकी डलर (झण्डै ६ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग प्राप्त गरेको छ। आईएमएफसँगको Extended Credit Facility कार्यक्रमअन्तर्गत भएको समीक्षापछि उक्त रकम उपलब्ध गराइएको हो। सरकारका अनुसार आर्थिक सुधारलाई निरन्तरता दिनुका साथै वित्तीय अनुशासन कायम राख्ने प्रतिबद्धताका आधारमा सहयोग निकासा भएको हो। आईएमएफले नेपाललाई सहयोग एकैपटक नदिई चरणबद्ध रूपमा उपलब्ध गराउँदै आएको छ।