
बैंकिङ खबर/ मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठांै वार्षिक साधारण सभा संस्थाका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा होटल अमुप्रस्था ब्याङ्क्वेट एण्ड इभेन्स्ट बुढानिलकण्ठ, वाँसवारी, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षकको नियुक्ति तथा सर्वसाधारणमा थप सार्वजनिक निष्काशन सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।
उक्त कार्यक्रममा शेयर सदस्यहरु जगन्नाथ आचार्य, भेषराज भण्डारी, सुदिप श्रेष्ठ, गोबिन्द बहादुर के.सी., निरुपमा गुप्ता, बैजुनाथ रैनियार, इन्द्र प्रसाद लामिछाने, अमित बाह्कोटी, भुषण काफ्ले, गणेश बहादुर अधिकारी, लक्ष्मण बहादुर श्रेष्ठ, कमला देवि गिरी थापा, बालकृष्ण बराल, डम्बर बहादुर के.सी., बम्ह्देव शाक्य र बिष्णु प्रसाद बारालले सुझाव सल्लाह तथा जिज्ञासाहरु सहित आफ्नो मन्तव्य राखेकोमा उनीहरुको जिज्ञासाहरुलाई अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले स्पष्ट पारेका थिए ।
अध्यक्षद्वारा प्रस्तुत गरेको प्रस्तावहरु सर्वसहमतिमा पारित भयो । संचालक शुष्मा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मी प्रसाद शर्माले गरेका थिए ।
साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट शभ्भु प्रसाद धिमिरे, बिमला योगी, खडानन्द सापकोटा र इन्द्र कुमार शाह तथा सर्वसाधारण शेयरधनीको तर्फबाट बिनोद आचार्य र भरत बहादुर हमाल निर्वाचित भएका छन् ।
साथै, मिति २०८२-०१-०३ गते बसेको सञ्चालक समितिको १६७औं बैठकबाट सञ्चालक समितिको अध्यक्षमा बिनोद आचार्य चयन भएका छन् । निजले सोही दिन नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।



