Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मौद्रिक क्षतिको बीमा निर्देशिका जारी, यस्ता छन् नयाँ व्यवस्थाहरु

२०८१ फाल्गुन ११ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षतिको बीमा निर्देशिका जारी गरेको छ । प्राधिकरणले बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि ) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि) मा आइपर्न सक्ने जोखिमहरु विरुद्धको रक्षावरण गर्ने सम्बन्धी व्यवस्थाहरुलाई व्यवस्थित गर्न यस निर्देशिका जारी गरेको जनाएको छ ।

बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले देहायको निर्देशन जारी गरेको हो । बीमकले यस निर्देशन बमोजिम जारी गरेको बीमालेख बीमक तथा बीमित बीचको द्विपक्षीय करार हुने व्यवस्था रहेको छ । बीमकले बीमा अवधि समाप्त हुनु भन्दा कम्तीमा पन्ध्र दिन अगावै बीमितलाई बीमालेखको अवधि समाप्त हुन लागेको जानकारी सहितको सूचना पठाउनु पर्नेछ।बीमा प्रस्ताव फाराम, तालिका, बीमालेख तथा बीमालेखसँग संलग्न सम्पुष्टिलाई समेत बीमा करारको रूपमा लिनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

यस बीमालेख जारी गर्ने बीमितले बैंकर क्षतिपूर्ति बीमालेखको लागि लागि अनुसूची(१ बमोजिम प्रस्ताव फाराम, नगद बीमालेखको लागि अनुसूची २ बमोजिमको प्रस्ताव फाराम र निष्ठा जमानी बीमालेखको लागि अनुसूची(३ बमोजिमको प्रस्ताव फाराम पूर्ण रुपमा भरी बीमक समक्ष पेश गर्नु पर्ने व्यवस्था रहेको छ । साथै प्रस्ताव फाराम प्राप्त भए पछि बीमकले बीमालेख जारी गर्नु अगावै आवश्यक सम्पूर्ण विवरण चेक जाँच गर्न अनिवार्य गरेको छ ।