Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार

२०८१ फाल्गुन ५ गते

बैंकिङ खबर/आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले टिएफएस सफ्टवेयर तयार गरेको छ ।

स्याङसन लागेकाहरूको कारोबार नहोस् भनेर ‘टार्गेटेड फाइनान्सिलय स्याङसन’ को सफ्टवेयर तयार गरेर लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले जानकारी दिए ।

सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले भने-‘ग्रे लिस्टमा पर्ने जोखिम न्यूनीकरण गर्न गैह्रसरकारी संस्थाको विवरण यकिन गर्ने गरी टिओआर तर्जुमा गरेका छौँ ।’ टिओआरको आधारमा सफ्टवेयर तयार गरिने सहसचिव तिवारीले जानकारी दिए ।