
बैंकिङ खबर/ अर्थ मन्त्रालयले अब खर्च गर्न बाँकी रहेको रकमको २५ प्रतिशत हिस्सा रोकेको जनाएको छ। देशको ढुकुटीमा अस्वाभाविक चाप परेपछि मन्त्रालयले खर्च गर्न बाँकी रहेको रकमको २५ प्रतिशत हिस्सा रोक्का गरिदिएको जनाएको हो।
अनिवार्य दायित्वबाहेकको चालू खर्च तथा पुँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकममध्ये हालसम्म खर्च भइ बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय मन्त्रालयले गरेको छ।
रकम रोक्का गरेको सूचना सबै निकायमा मन्त्रालयले पठाइसकेको छ। गत माघ २८ गते नै मन्त्रालयले पत्र पठाएको हो। चार शीर्षकअन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको भन्दै चालू आवमा विनियोजित बजेट खर्चलाई सोहीअनुरूप समायोजन गर्न मन्त्रालयले भनेको छ।
रोक्का गरिएका बजेट शीर्षकमा कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुनेबाहेक मात्र), कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्श छन्।
मन्त्रालयले भनेको छ, ‘चालु आवको बाँकी अवधिमा राजस्व प्राप्तिमा हुने सुधार तथा खर्चको आवश्यकताको आधारमा बजेट रोक्का तथा नियन्त्रणमा पुनरावलोकन गर्न सकिनेछ।’
अर्थको परिपत्रः





