
बैंकिङ खबर/सरकारले सरकारी कर्मचारीहरुको संख्या घटाउने भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ जारी गर्दै केन्द्रीय, प्रदेशस्तरीय र स्थानिय तहका कर्मचारी घटाउने भएको हो ।
‘नेपाल सरकारको केन्द्रीय, प्रदेशस्तरीय र स्थानीय संरचनाहरू क्रमशः कम गर्ने र तअनुरूप विद्यमान दरबन्दीको सङ्ख्या घटाउने गरी सङ्गठन पुनर्संरचना गर्दै सङ्गठन संरचना छरितो र कामयाबी बनाउँदै लगिनेछ’ मापदण्डमा भनिएको छ ।



