
बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त संस्थाको २६ औँ साधारण सभा निर्धन भवन नक्साल काठमाडौंमा सम्पन्न भएकोे छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा कम्पनी सचिव जग्य प्रसाद पन्तले संचालन गरेका थिए ।
सभामा संचालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु गरी कुल २१० जनाकोे उपस्थिति रहेको थियो ।
साधारण सभामा संचालक समतिका अध्यक्ष हरिकृष्ण पन्तले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन र साधारण सभाका प्रस्ताव माथि ५ जना शेयरधनीहरुले विचार तथा मन्तब्य राखेका थिए । सभामा मन्तब्य राख्दै शेयरधनी प्रा.डा. फक्तबहादुर के.सी. ले संस्थाको २६ औं साधारण सभा संस्थाको उमेर गतिविधिले अग्रणी नै रहेको बताए । संस्थापक तथा जन्मदाता डा. हरिहर देव पन्तकोे विपन्नहरुको सेवा गरेर गरिबी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नभएको उनको भनाइ छ ।

संस्थामा सदस्य घटिरहेकोे, ऋणी घटिरहेको, लगानीमा रहेको कर्जा र गुणस्तरमा केही सुधार देखिएता पनि शेयरधनीकोे हात रित्तो भएको छ ।
संस्थाको ब्यवस्थापन तथा संचालक समितिले केही खर्च घटाउन सकेता पनि संस्थाको आन्तरिक अवस्थालाई मजबुत बनाएर बाह्य परिस्थितसँग जुधेर शेयरधनीको इच्छा अपेक्षा पुरा गर्न सक्नुपर्ने उनको भनाइ छ ।
संस्थाको देशब्यापी कभरेज, अनुभवी कर्मचारी पुँजी सबै राम्रोे रहेको अवस्थामा मर्जर प्रति संवेदनसिल रहनुपर्ने उनले बताए । उनले भने, ‘अहिलेकोे अवस्थामा मर्जरबाट हाम्रोे हित हुन सक्दैन ।’ विगतमा भएका अन्य संस्थाको मर्जरबाट पाठ सिक्नुपर्ने उनले बताए । साथै मर्जरपछि हुनसक्ने दीर्घकालिन प्रभाव र समस्याका बारेमा समेत संचेत रहन सुझाव दिए ।
साधारण शेयरधनी, अचुत राज जोशीले आफु लामो समयदेखि शेयरधनी तथा संचालककोे रुपमा रहेर पनि पहिलो पटक आवश्यकता नै ठानेर साधारण सभामा बोलेको बताए ।
संस्थामा मर्जरको प्रस्ताव के कस्तो आसय र उद्देश्यले ल्याइयोे संचालक समितिले पुष्टी गर्न आग्रह गरे । संस्था मर्जरमा गएर संस्थाको के उद्देश्य पुरा हुन्छ ? यो प्रस्ताव किन ल्याइयो ? मर्जरबाट संस्थाको जन्मदाताको लक्ष्य उद्देश्य पुरा हुन्छ त ? भन्ने प्रश्न गर्दै संस्थाको अवस्था केही खस्कीइरहेको, नेत्रुत्वदायी भूमिका गुमिरहेको अवस्थामा मर्जर गर्न हुँदैन भन्ने राय राखे । मर्जर गरेर हुन सक्ने नकारात्मक अवस्था प्रति संचालक समिति जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।
यस्तै साधारण शेयरधनी दामोदर प्रसाद रेग्मीले मर्जर गर्न नहुने होइन तर अहिलेकोे अवस्थामा गर्नु शेयरधनीको दृष्टीले उपयुक्त नभएको बताउँदै आफुले बजारबाट ७ सय रुपैयाँको दरले किनेको शेयरकोे प्रतिफल शुन्य लिएर विवशता सुनाउन भन्दा आजको अवस्था हेरेर काम गर्न तथा निर्णय गर्न आग्रह गरे ।
उनले भने, ‘संस्थामा जुनबेला धेरै मिहिनेतका साथ काम गर्नुपथ्र्यो । त्यही बेलामा कर्मचारीहरुले आन्दोलन गरे । अरुले पैसा उठाएपछि मात्रै फिल्डमा पैसा उठाउन गएर रित्तो हात लिएर आए । गत साल केही पाएनौ, यस वर्ष पनि केही पाएनौ, आगामी साल हामी मान्न तयार छैनौं’ कम्तीमा मुद्रास्फितिको दरमा प्रतिफल दिन जरुरी भएको उनले बताए ।
विगतका दिनमा संस्थाले राम्रो लाभांस वितरण गरेता पनि अहिलेको ब्यवस्थापन र संचालक समितिले राम्रो काम गर्न नसकेको बताउँदै आफुले खाएकोे नुनकोे सोझो गर्न सुझाव दिए । शेयर बजारमा विगतमा आफुले मुद्धा हालेर सबै बैंकको शेयर सर्वसाधारणले पनि पाउनुपर्ने बनाएको स्मरण गर्दै आगामी वर्षदेखि शेयरधनी रित्तोे हात लिएर फर्कन नपरोस अपेक्षासँगै संस्थाकोे सफलताकोे शुभकामना ब्यक्त गरे ।
यस संस्थाका कर्मचारीहरु अनुभव भएका छन् कतिपय कर्मचारीहरुले अन्य संस्थामा गएर राम्रोसंग संस्था हाँकी रहेका भन्ने विचार राम प्रसाद पाण्डेले ब्यक्त गरे ।

यज्ञ प्रसाद शर्माले अहिलेलाई मर्जरको प्रस्ताव स्थगित गर्ने र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थालाई अगुवा संस्थाको रुपमा नै राख्ने सोचाइलाई संचालक समितिले ध्यान दिन सुझाव दिए ।
सर्वसाधारण शेयरधनीहरुको जिज्ञासा र प्रश्नकोे जवाफ दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीको अपेक्षा अनुरुप लाभांश वितरण गर्न सक्ने आश्वासन दिए । संस्थाकोे अहिले सुधारउन्मुख रहेकोेले आगामी वर्ष लाभांस वितरण गर्ने सकिने उनले बताए ।
अन्तमा सभापतिले साधारण सभामा उपस्थित सबै शेयरधनीलाई धन्यवाद दिए । शेयरधनीहरुले दिएकोे सल्लाह सुझावलाई मार्गदर्शनको रुपमा लिएर संस्था संचालन गर्ने उनले बताए ।



