Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः दुई फरार प्रतिवादी पक्राउ

२०८१ कार्तिक ८ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका–१ काउले घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने ४३ वर्षीय हरिचन्द्र पौडेल र ३३ वर्षीय अर्जुनकुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ वनस्थलीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बरहथवा सर्लाही पठाइएको प्रहरीले जनएको छ ।