Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीमा एकैदिन ८ अर्बले बढ्यो निक्षेप

२०८१ आश्विन १७ गते

बैंकिङ खबर/बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज १४ गते एकैदिन ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ।

असोज १४ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६५ खर्ब ६४ अर्ब रुपैयाँ थियो।

यो दिन बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५२ खर्ब ४४ अर्ब रुपैयाँ थियो। कर्जाको माग भने सोचेजस्तो बढ्न सकेको छैन। असोज १४ मा बैंकहरुको औसत सीडी रेसियो ७८.५२ प्रतिशत र अन्तरबैंक ब्याजर ३ प्रतिशत रहेको छ।