एनआईबिएल म्युचुअल फण्डले एनआईबिएल प्रगति फण्ड निष्काशन खुला गरेको छ । कम्पनीले ५ करोड १० लाख रुपैयाँ इकाई सार्वजनिक रुपमा, बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड तथा न्यूनतम ८० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैङ्कका लागि निष्काशन गरेको हो । विहीबार (मंसिर १६ गते) देखि निष्काशन खुला गरिएको फण्डमा छिटोमा मङ्सिर २० गते र ढिलोमा मङ्सिर ३० गते सम्म आवेदन दिन पाइनेछ ।
कसरी दिने आवेदन ?
प्रति इकाई १० रुपैयाँ अङ्कित मूल्य रहेको यस योजनामा सर्वसाधारणले न्यूनतम एक सय इकाईदेखि अधिकतम ६० लाख इकाईसम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका साथमा नेपाल इन्भेष्टमेण्ट बैङ्कका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् ।
यसबोहक, धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकद्वारा अन्य माध्यम मार्फत सूचित गरिने संकलन केन्द्रको रुपमा कार्य गर्ने गरी नियुक्त संकलन केन्द्रहरुरवित्तीय संस्थाहरुमा आवेदन फाराम तथा विवरणपत्र प्राप्त गर्न र दरखास्त फाराम साथ इकाई रकम जम्मा गर्ने व्यवस्था गरिनेछ । सार्वजनिक निष्काशनको क्रममा संकलन केन्द्र नभएका जिल्लाहरुबाट मात्र ड्राफ्ट संलग्न गरी दरखास्त दिन पाइने र यसरी दरखास्तवालाहरुले दरखास्त दिन चाहेमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्ट साथ इकाईको दरखास्त फाराम नेपाल सरकार, हुलाक सेवा मार्फत रजिष्ट्री गरी एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा पठाएको निवेदनलाई मात्र बाँडफाँटमा समावेश गरिने बताइएको छ ।
दरखास्त फारम प्रारम प्राप्त गर्नका लागि प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनुपर्ने बताइएको छ ।


