Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नेपालको निर्यात व्यापार ५ प्रतिशतले खस्कियो

२०८१ आश्विन ८ गते

बैंकिङ खबर/नेपालको निर्यात व्यापार घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा ५.१२ प्रतिशतले घटेको हो।

साउन र भदौमा नेपालले २५ अर्ब ९ करोड ३१ लाख ३ हजारको वस्तु विदेशमा निर्यात गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको थियो।

यता आयात भने १.०८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजारको आयात गरेको नेपालले चालू आवमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको वस्तु भित्र्याएको हो।

विभागका अनुसार यस वर्ष नेपालले २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको बाह्य व्यापार गरेको छ। तर आयात र निर्यात व्यापारमा नेपालको व्यापारघाटा समेत बढेको छ।

अघिल्लो वर्ष २ महिनामा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रहेको व्यापारघाटा यसपटक २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार पुगेको छ। यो भनेको समीक्षा अवधिमा १.७८ प्रतिशतको वृद्धि हो।