Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६ गते


बैंकिङ खबर/मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो।

उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो। उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।

केही समयअघि प्रसाइले वित्तीय संस्थाविरूद्ध अभियान समेत चलाएका थिए । उनले बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साएका थिए ।