सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट/ट्राभल कार्डहरु सुरु गरेको छ । विहीबार (मंसिर १६)गते) देखि उक्त कार्डहरु प्रयोगमा ल्याइने बैंकले जनाएको छ ।
यी चिप कार्डहरु एटीएम तथा पीओएस मेसिनहरुमा कारोबार गर्नका लागि थप सुरक्षित भएको बैंकको दाबी छ । नयाँ प्रविधिमा आधारित यी चिप कार्डहरुबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
चिप बेस कार्डबाट कारोबार गर्दा यसमा प्रयोग भएको चिपले प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनःप्रयोग गर्न नसकिने भएकाले कारोबारहरु बढी सुरक्षित हुने दाबी बैंकको छ ।
छिट्टै डलर क्रेडिट कार्ड पनि जारी गर्ने बैंकको योजना छ ।