Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रणालीबाट ४० अर्ब तान्न खोज्दा बैंकहरूले राखे मात्रै नौ अर्ब

२०८१ भाद्र २८ गते

बैंकिङ खबर/राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्न खोज्दा बैंकहरूले मात्रै नौ अर्ब ५० करोड रूपैयाँ राखेका छन्। राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न खोजेको थियो।

बैंकहरूले २.९९ प्रतिशत ब्याजदरमा यस्तो रकम राखेका छन्। पछिल्लो समय बैंकहरूले लामो अवधिका यस्ता उपकरणमा कम रकम राख्न थालेका छन्। हाल यस्तो उपकरणमा बैंकहरूले राखेको एक खर्ब २२ अर्ब रकम छ। बैंकहरूले राष्ट्र बैंकको अन्य विभिन्न उपकरण सहित कुल दुई खर्ब ९५ अर्ब रूपैयाँ फिर्ता पाउन बाँकी छ।