Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीहरुलाई तीन दिनभित्र विवरण उपलब्ध गराउन विभागको निर्देशन

२०८१ भाद्र १९ गते

बैंकिङ खबर/ सहकारी विभागले ३ तीन दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ। विभागले मंगलबार सहकारी संस्थाहरुका नाममा एक परिपचत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिबाट माग भई आएकोले विभागको तोकेको ढाँचामा आवश्यक विवरण उपलब्ध गराउन विभागले निर्देशन दिएको छ।

सहकारी संस्थाको अद्यावधिक विवरण तयार गरी सोको सफ्ट कपी (ई-मेलमार्फत info@deoc.gov.np मा) र हार्ड कपी संस्थाको अध्यक्ष र व्यवस्थापकले प्रमाणित गरी परिपत्र जारी भएको मितिले ३ दिनभित्र विभागमा पठाउन निर्देशन दिइएको छ।