Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ठगी आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ पक्राउ

२०८१ भाद्र १६ गते

बैंकिङ खबर/रकम हिनामिना र ठगीको आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार अपरान्ह नियन्त्रणमा लिएको हो।

प्रहरीले उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष रामलाल महर्जनलगायतलाई पक्राउ गरी थुनामा राखेको छ। बचतकर्ताको झण्डै १६ करो रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध परेका् उजुरीका आधारमा पक्राउ गरिएको हो।