Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको प्रतिवेदनः ‘२० हजार आम्दानी नहुने अधिकांश श्रमशक्ति भारततर्फ’

२०८१ श्रावण २४ गते

बैंकिङ खबर/ २० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेमध्ये अधिकांश भारततर्फको रोजगारीमा जाने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वैदेशिक रोजगार वचतपत्रको स्थिति र प्रर्वद्धनका उपाय बारे गरेको अध्ययन प्रतिवेदनले देखाएको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका वा विगतमा कम्तीमा एक पटक गएका २७० व्यक्तिमध्ये १८.५ प्रतिशतको आय २० हजारभन्दा कम छ भने करिब ५५ प्रतिशतको । ४० हजारभन्दा बढी रहेको छ । त्यस्तै करिब एक चौथाईको आम्दानी २० देखि ४० हजार रुपैयाँ छ ।

त्यस्तै प्रतिवेदनले रोजगारीको गन्तव्य मुलुक स्थलगत सर्वेक्षणमा समेटिएका कुल ३८५ जना व्यक्तिहरुले विभिन्न ३० मुलकहरुलाई रोजगारीको गन्तव्य बनाएको देखिन्छ । यसमध्ये १२.५ प्रतिशत भारत जान लागेको वा फर्किएका छन् । बाँकी ८७.५ प्रतिशतले भारत बाहेक अन्य मुलुकहरुमा जाने गरेको बताएका छन् ।