Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

इमर्जिङ नेपालको देश बनाउने ‘अफर’ : उद्यमशीलताको आइडिया पेश गरे करोड बढी लगानी गरिदिने  

admin २०७३ मंसिर १० गते
सेयर:

dscn1567नवराज कुँवर – देशमा उद्यमशीलता विकासका गरी मुलुकलाई समृद्ध बनाउने उद्देश्यले लगानीकर्ता कम्पनी इमर्जिङ नेपालले नागरिक विचार संकलन अभियान सुरु गरेको छ । ‘स्टार्टअप फण्ड’ नामको सो अभियान सुरु गरी कम्पनीले देशका उद्योगी समुदायका नयाँ विचारहरुलाई देशको आर्थिक विकासमा संलग्न गराउने र नयाँ उद्योग संचालनको लागि प्रोत्साहन गर्न आम नेपालीसँग विचार माग गरेको हो । देशमा रोजगारीको अवसर सिर्जना गर्न, नयाँ–नयाँ विचार तथा सोचहरुलाई वास्तविकतामा परिणत गर्न, आवश्यक पुँजी उपलब्ध गराई औद्योगिकरणमा सहयोग पुर्याउने उद्देश्यले स्टार्टअप फण्ड सुरु गरिएको इमर्जिङ नेपालले जनाएको छ । 

स्टार्टअप फण्डले नेपाली नागरिक र नेपालमा दर्ता भएका संघसंस्थाहरुले शिक्षा, पर्यटन, कृषि तथा जडिबुटी, मझौला तथा साना व्यवसाय, स्वास्थ्य, सूचना तथा प्रविधि र अन्य सिर्जनात्मक र विकासशील परियोजनाहरुमा लगानी गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष लालमणि जोशीले बताए । उनका अनुसार स्टार्टअप फण्डमार्फत कुन–कुन क्षेत्रमा लगानी गर्दा उद्यमशीलता विकास गर्न सकिन्छ र बढीभन्दा बढी रोजगारी सृजना गरी मुलुकका युवालाई देशमै रोकी विकासमा लगाउन सकिन्छ भन्ने विषयमा आम नेपालीले आफ्नो विचार दिन सक्नेछन् । आगामी पुस १४ गतेसम्म स्टार्टअप फण्डका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उद्यमशीलताका योजना र प्रस्ताव मन परेको खण्डमा कम्पनीले १ करोडभन्दा बढी रकम लगानी समेत गरिदिनेछ । 

dscn1583न्युनतम १ करोड रुपैयाँ कुल लागत हुने परियोजनामा कम्पनीले इक्वीटीको रुपमा पुँजी प्रवाह गर्न पहिलो चरणमा उद्यमीसँग अवधारणा पत्र माग गर्ने र दोश्रो चरणमा छनोटमा परेको परियोजनाहरुको विस्तृत विजनेश प्रपोजल तयार गरी लगानी गर्ने जनाएको छ । 

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. बिनोद आत्रेयले देशको आर्थिक विकासको मुख्य आधार पूर्वाधार विकासका लागि लगानी गर्ने, नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरुलाई परामर्श सेवा उपलब्ध गराउने, राष्ट्रलाई ‘फाइनान्सियल एजुकेशनल मेडिकल टुरिजम हब’को रुपमा विकास गर्ने र पूर्वाधार विकासका रुपमा जलस्रोत, पर्यटन तथा बैंकिङ क्षेत्रमा लगानी गर्ने लगायत विभिन्न आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने, नेपाल सरकारसँग समन्वय गरी रुग्ण उद्योगमा लगानी गरेर तथा व्यवस्थापन करारमा लिएर सञ्चालन गर्ने जस्तो उद्देश्यका साथ इमर्जिङ नेपाल क्रियाशील रहेको स्मरण गरे । 

कम्पनीले उपरोक्त उद्देश्यहरु परिपूर्ति गर्न हाल केयर नेपाल रेटिङ (नेपाल) लि. स्थापना गर्नका लागि आवश्यक कार्य अगाडि बढाइसकेको, नेपाल सरकारलगात विभिन्न सरकारी निकायहरुसँग सार्वजनिक निजि साझेदारीमा कार्यहरु गर्नलाई छलफल भइरहेको र नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेखित सार्वजनिक निजि साझेदारीमा स्थापना हुने ‘इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक’ सम्बन्धी कार्यहरु सुरु गरिएको कुरा पनि उनले जानकारी गराए । स्टार्टअप फण्डले नेपाली उद्यमी व्यवसायीहरुलाई आफ्ना परियोजना सञ्चालन गर्न र उनीहरुलाई आर्थिक समृद्धि हाँसिल गर्न मद्दत पुग्ने कम्पनीको विश्वास रहेको सीइओ आत्रेयले बताए । 

कम्पनीले निम्न बुँदाको जवाफ पठाउन आह्वान गरेको छ । 
१. निवेदकसँग योभन्दा अगाडि कुनै परियोजना संचालन गरेको अनुभव छ वा छैन ?
२. निवेदकको आम्दानीका मुख्य श्रोतहरु के–के हुन् ?
३. निवेदकले स्टार्टअप फण्डबिना परियोजना पूरा गर्न सक्छ ?
४. यो परियोजना नेपालमा नयाँ हो ?
५. के कति कारणले यो परियोजनालाई इनोभेटिभ भन्न सकिन्छ ?
६. परियोजनाले कुन–कुन श्रोतहरुबाट कसरी अम्दानी गर्छ ?
७. परियोजनालाई ब्रेक–इभेन प्याइन्टमा पुग्न कति समय लाग्ला ?
८. बजारको माग, आपूर्ति र प्रतिष्पर्धाको दृष्टिकोणबाट के यो परियोजना सम्भव छ ?
९. यस परियोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न नेपाल सरकारको कुनै कानून तथा नीति नियमले रोक्न सक्छ कि सक्दैन ?
१०. परियोजनामा प्रयोग गरिने मेसिनरी, औचार र उपकरणहरु कहाँ–कहाँबाट ल्याउन सकिन्छ र ती मेसिनरी, औजार र उपकरणहरु प्रयोग गर्न जान्ने दक्ष जनशक्ति नेपालमा उपलब्ध छ कि छैन ?
११. परियोजनाद्धारा उत्पादित वस्तुहरुले बजारमा कस्तो प्रभाव पार्न सक्छ ?
१२. परियोजनाबाट कतिजनाले रोजगारीको अवसर प्राप्त गर्न सक्छन् ?
१३. समाजमा यसले कसरी सहयोग गर्न सक्छ ?

स्टार्टअप फण्डमा कसरी सहभागी हुने ?
इमर्जिङ नेपाल लि. ले सुरु गरेको स्टार्टअप फण्डमा सहभागी हुन इच्छुक नेपाली नागरिक तथा उद्यमी फर्महरुले यही ढाँचाअनुसार प्रपोजल तयार गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन मिति २०७३ पुस १६ गतेभित्र कम्पनीको कार्यालयमा बुझाइसक्नुपर्नेछ । यससम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाईटमा स्टार्टअप फण्डसम्बन्धी विवरण हेर्न सकिने कम्पनीले जनाएको छ ।

  dscn1611

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

dscn1610

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

dscn1609

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।