Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

असल कर्जाका लागि गर्नुपर्ने प्रोभिजन घट्यो, बैंकले थप ११ अर्ब ऋण दिन सक्ने

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि १.१ प्रतिशतमात्र नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । हाल बैंकहरुले यस्ता कर्जामा १.२ प्रतिशत नोक्सानी व्यव्स्था गर्ने गरेकामा ०.१ प्रतिशत बिन्दुले घटाइएको हो ।

नोक्साने व्यवस्था घटाएसँगै बैंकहरुले गर्दै आएको प्रोभिजन करिब १.१ अर्बले घट्ने भएको छ । हाल बैंकहरुले असल कर्जाका लागि १३ अर्ब २५ करोड रुपैयाँ प्रोभिजन गरेकामा नयाँ व्यवस्थाअनुसार १२ अर्ब १४ करोड रुपैयाँ मात्र प्रोभिजन गरे पुग्नेछ । यो व्यवस्थासँगै बैंहरुले थप ११ अर्ब ऋण दिनसक्ने छन् ।