Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सम्पदा लघुवित्तको सीइओमा केशव कुमार पौडेल नियुक्त

२०८१ श्रावण २ गते

बैंकिङ खबर/ सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो । साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भइ सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् ।