Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग

२०८१ असार १९ गते

बैंकिङ खबर/ नेपालमा पाँच सय र एक हजारका नोट प्रतिबन्ध लगाउन माग गरिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरिन् ।

सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्। अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनले बताइन्। उनले भनिन्, ‘अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस्।’