Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि

admin २०८१ असार ६ गते
सेयर:

बैंकिङ खबर/ नेपालको सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब पुगेको छ। अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिना (साउन–जेठ) सम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ ऋण लिएको छ ।

योसँगै कुल सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब पुगेको छ।त्यस्तै, बाह्य ऋण १२ खर्ब ७० अर्ब पुगेको छ।सरकारले चालू आवको ११ महिनामा १ खर्ब ९७ अर्ब भुक्तानी गरेको छ ।

२०८० असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो ।पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०७३र७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो।

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ठूलो मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा ९ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण पुगेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।