Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मुद्दति निक्षेप धितो कर्जामा यसरी हुन्छ ब्याजदर निर्धारण ?

२०८१ असार ४ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको धितोमा ग्राहकलाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ। मुद्दति खातामा रकम जम्मा गरेका ग्राहकलाई मुद्दति निक्षेपको अवधिअगावै रकमको आवश्यकता परेमा सोही मुद्दति निक्षेपको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको हो।

यस्तो कर्जामा लाग्ने ब्याजदर मुद्दति निक्षेपमा प्रदान गरिएको ब्याजदरमा के–कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गरिने हो ? सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दति निक्षेप खाता खोल्दाकै बखत जानकारी दिई निजको लिखित सहमति लिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा उल्लेख छ।

ग्राहकले सहमति जनाएको भन्दा फरक ढंगले त्यस्तो कर्जाको ब्याजदर कायम गर्न नपाइने केन्द्रीय बैंकले जनाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा कुनै पनि किसिमको अन्य शुल्क लिन नपाउने व्यवस्था पनि रहेको छ। कर्जाको ब्याजदर कसरी निर्धारण भएको छ बुझेर मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।