Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, माग्यो राय, सुझाव

२०८१ जेष्ठ २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको छ । आज जारी एक सूचनाअनुसार यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ ।

केन्द्रीय बैंकले साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको देखिन्छ । केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम मौद्रिक नीति सार्वजनिक गर्दै आएको । मौद्रिक नीतिमा सुझाव दिन चाहनेले आर्थिक अनुसन्धान विभागको ठेगानामा पठाउनुपर्नेछ ।