Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

२०८१ जेष्ठ ३ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा पैसा थुप्रदै गएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न क्रम बढाएको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी जेठ १७ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।