Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको लिलामी शेयरमा खरिद आवेदन दिने म्याद थप

२०८१ बैशाख १२ गते

बैंकिङ खबर/ लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको साढे ४ लाख कित्ता शेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ।

गत वैशाख ३ गतेबाट बैंकको संस्थापक समूहको ४ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको थियो। यो शेयरमा हिजो वैशाख ११ गतेसम्म खरिद आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको थियो। तर, हिजो सार्वजनिक बिदा दिइएकोले अब वैशाख १८ गतेसम्म खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा १ हजार अंकको गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले काठमाडौंको नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।