
बैंकिङ खबर/लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । मंगलबार बैंकको एक करोड ५१ लाख ६९ हजार १६६।५ कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् । बैंकको पौष २६ गते बसेको २३ औं साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९\८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९\८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो ।



