Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी सबल योजनाको इकाई बाँडफाँड

२०८० फाल्गुन १६ गते

बैंकिङ खबर/ कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई बाँडफाँड भएको छ । क्यापिटलले बुधबार इकाई बाँडफाँड गरिएको हो ।

क्यापिटलले माघ २८ देखि फागुन १३ गतेसम्म प्रति इकाई रु १० दरको दश करोड इकाई निष्काशन गरेको थियो । जस मध्ये १४ प्रतिशत अर्थात एक करोड चालिस लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १% ले हुन आउने बिजपूँजी वापतको दश लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको थियो । बाँकी सार्वजनिक निष्काशन मार्फत रु. ८ करोड ५० लाख इकाई निष्काशन तथा विक्री खुल्ला गरिएको थियो ।

क्यापिटलका अनुसार १४ प्रतिशत विजपूँजी वापतको १,४०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी र १ प्रतिशत बिजपूँजी वापतको १०,००,००० इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको इकाईको लागि आवेदन दिने २९,१६० जना मध्ये रितपुर्वक आवेदन दिने २९,१३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको र दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ।

यी इकाई नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले इकाई कारोबार गर्न सक्ने छन्। यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ। हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र ‘कुमारी सुनौलो योजना’ नामक खुलामुखी योजना संचालन गरिरहेको छ ।