Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२०८० माघ २५ गते

बैंकिङ खबर/सरकारले विकास ऋणपत्रमार्फत ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ मार्फत राष्ट्र बैंकले शुक्रबार ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको हो ।

शुक्रबार जारी हुने उक्त विकास ऋणपत्र ८ वर्षे अवधिको रहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले माघ २५ गते दिउँसो ३ बजेभित्र अनलाईन दरखास्त दिन सक्नेछन् ।

माघ २६ गते जारी हुने विकास ऋणपत्र माघ २५ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । कूल विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बिक्री गरिनेछ ।

इच्छुक लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले अर्धवार्षिक अर्थात् ६-६ महिनामा ब्याज प्राप्त गर्ने राष्ट्र बैंकले जनाएको छ ।