Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुग्यो

२०८० माघ २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक् वर्षको ६ महिनामा खुद सेवा आय रु.३६ अर्ब ६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई रु.३९ अर्ब ५६ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२७ अर्ब ४० करोड रहेको थियो ।

यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ८७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.५८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३५ अर्ब ३६ करोड रहेको थियो ।