Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५ अर्ब ४९ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक

२०८० माघ ७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ५ अर्ब ४९ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । यसका साथै केन्द्रीय बैंकले थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ।

साथै उसले २८ दिन अवधिको ५ करोड रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब ४९ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको छ। जसमा ९१ दिन अवधिको थप ५ अर्ब रुपैयाँ नयाँ आन्तरिक ऋण उठाउने र बाँकी नवीकरण गर्न लागिएको छ। उक्त ट्रेजरी बिलहरु क्रमशः चैत ७ गते र २०८१ वैशाख ११ गते परिपक्व हुने सूचनामा उल्लेख छ ।

सूचना अनुसार ती ट्रेजरी बिलहरु माघ ९ गते जारी हुनेछ भने बोलकबोल सोमबार माघ ८ गते अपरान्ह २ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।