Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

२०८० माघ ४ गते

बैंकिङ खबर/ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् ।

सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् । उनीहरुले बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेका थिए । सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत सङ्कलन गर्न हिँड्न छाडेका थिए ।

सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका हुन् । बचतकर्ताका अनुसार सहकारीका दाजु बहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् । बचतकर्ताहरूले तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता आग्रह पनि गरेका छन् ।