
बैंकिङ खबर/ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्धारा लिखित पुस्तक सेयर मन्त्र अब इ–बुकमा पनि पढ्न पाइने भएको छ । यसको इ बुक संस्करण थुप्रै डटकम thuprai.com ले प्रकाशन गरेको हो ।
थुप्रै डटकम र थुप्रै मोवाइल एपमा गएर भट्टराईको इ–बुक किन्न र डाउनलोड गरेर पढ्न सकिने थुप्रै डटकमले जनाएको छ । थुप्रै एप एन्ड्रोइड र आइओस दुवैमा उपलब्ध छ । पाठकको अधिक माग र विश्वव्यापी फैलिएका नेपाली लगानीकर्ताको चाहनालाई ध्यानमा राखेर इ–बुक प्रकाशन गर्ने सोच बनाएको लेखक भट्टराईले बताए ।
यस्तै उनले थपे ‘प्रविधिको विकाससँगै आफुलाई बदल्दै लगिए पाठकको चाहना पूरा गर्न र मन जित्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो ।’ यस्तै उनले लेखेका सेयर बजार सम्बन्धि अन्य पुस्तक पनि विस्तारै इ बुक संस्कारणमा प्रकाशन गर्ने पनि उनले बताए ।
सेयर मन्त्रको इ–बुक संस्करणको मूल्य २७५ रुपैयाँ र पेपर ब्याक संस्करणको मूल्य ३७५ रुपैयाँ छ । प्रकाशन भएको यो किताब सेयर बजारमा लगानी गर्ने पाठक माझ निकै लोकप्रिय छ । यसभित्रको विषयका बारेमा सामाजिक संजालमा पोस्ट गर्दै हरी तिमल्सिना लेख्छन्,
तपाईले पढ्नु भो?
शब्द शब्दमा अर्थ छ । वाक्य वाक्यमा अर्थ छ । प्रत्येक अनुच्छेदमा अर्थ छ । विभिन्न धार्मिक कर्म काण्डका पुस्तकमा उल्लेखित मन्त्रले धर्म रक्षाका बारेमा वकालत गरेको पाइन्छ भने रविन्द्र भट्टराईद्धारा लिखित पुस्तक सेयर मन्त्रले सेयर लगानीकर्ताको लगानी रक्षा प्रदान गर्न भरपुर खुराक प्रस्तुत गरेको छ ।
सेयर मन्त्रका विषय बस्तु भित्र प्रत्येक शब्द, बाक्य र अनुच्छेदले सहि यथार्थ अनि वास्तविक अर्थ दिएको छ ।




