
बैंकिङ खबर/ माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


