Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मधेश प्रदेशका सहकारीको सदस्य संख्या घट्दो, ऋण प्रवाहमा गिरावट

२०८० पुष २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लामा गरेको अध्ययन अनुसार सहकारीको सदस्य संख्या, ऋण प्रवाह तथा कर्मचारीको संख्यामा समेत गिरावट देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको असार मसान्तसम्म सहकारी संख्याको कुल पुँजी समेत घटेको छ ।

केन्द्रीय बैंकले अध्ययनका क्रममा १० वटा ठूला बचत तथा ऋण सहकारी संस्था छनोट गरेको जनाएको छ । उक्त संस्थाको विवरणको आधारमा सहकारीको अवस्था विश्लेषण गरिएको छ ।

२०८० असार मसान्तसम्ममा छनौटमा परेका सहकारीहरुको कुल पुँजी अघिल्लो आवको तुलनामा गत आवमा १२.८४ प्रतिशतले कमी आएको छ ।

असार मसान्तसम्म सहकारीको कुल पुँजी २.९६ प्रतिशतले वृद्धि भई २ अर्ब ६१ करोड ८४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही वर्षमा यस्तो वृद्धिदर १५.८० प्रतिशत रहेको थियो ।

असार मसान्तसम्ममा छनौटमा परेका सहकारीहरुको कुल बचत ५ अर्ब ७६ करोड २२ लाख पुगेको छ । असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाहरुबाट भएको ऋण प्रवाह ९.४१ प्रतिशतले ह्रास आई ५ अर्ब २९ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधमिा ऋण प्रवाह २१.३५ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाका कुल सदस्य संख्या ६.९४ प्रतिशतले ह्रास आई ६० हजार ९ सय २८ रहेको छ ।

असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाका कर्मचारी संख्यामा २.०८ प्रतिशतले ह्रास भएको छ । गत वर्षको सोही वर्षमा कर्मचारी संख्यामा ३.६० प्रतिशतले वृद्धि भएको थियो ।