Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८० पुष १९ गते

बैंकिङ खबर/तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले शुक्रबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसअनुसार आजसम्म नेप्सेका कारोबार भए कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

यस्तै बोटलर्स नेपाल (तराई)ले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभा पुस २७ गते सोल्टी होटल, ताहाचल, काठमाडौंमा सभा बोलाएको छ। सो सभा दिउँसो १२ बजे शुरु हुनेछ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभा पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ ।