Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन हाइड्रोपावर कम्पनीको १ करोड ६८ लाख कित्ता आईपीओ आउँदै

२०८० पुष १२ गते

बैंकिङ खबर/ तीन वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपालले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५ हजार ७९७ कित्ता शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

त्यस्तै, रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

विकास हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ।धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यसैगरी,लाफिङ्ग बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।