Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपीओ बाँडफाँटको १० कित्ता नीति पुनरवलोकन गर्न समिति गठन

२०८० मंसिर २६ गते

बैंकिङ खबर/आईपीओ बाँडफाँटको १० कित्ता नीति पुनरवलोकनको लागि कुमार झाको संयोजकत्वमा समिति गठन भएको छ।
झाको संयोजकत्वमा दुई सदस्य समिति गठन भएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताएका हुन्। उनका अनुसार आईपीओ बाँडफाँटमा पुगेसम्म सबैलाई १० कित्ता दिनुपर्ने हालको व्यवस्था पुनरवलोकन गरिने भएको छ।

समितिले हालको न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम १० कित्ता दिनुपर्ने व्यवस्थाको विस्तृत अध्ययन गरी यसमा पुनरवलोकन गर्ने नगर्ने विषयमा सुझाव दिनेछ।

केही लगानीकर्ताले यो व्यवस्थालाई परिमार्जन गरी कम्तीमा ५० कित्ता बाँडफाँट गर्नुपर्ने माग गर्दै आएका छन्। बुक बिल्डिङ पद्धतिबाट हुने बाँडफाँटमा भने न्यूनतम ५० कित्ताकै लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता दिनुपर्ने व्यवस्था छ।