Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हालसम्म यी ६ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश

२०८० मंसिर २५ गते

बैंकिङ खबर/हालसम्म ६ हाइड्रोपावर कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी, सेन्चुरी इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

चिलिमेले १० प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २० गतेका लागि साधारणसभा बोलाएको छ भने पुस ८ गते बुक क्लोजको मिति तय गरेको छ ।

भगवती हाइड्रोले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २४ गतेका लागि साधारणसभा आह्वान गर्दै पुस ५ गते बुक क्लोजको मिति तय गरेको छ । सेन्चुरी इनर्जीले १० प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीले अझै साधारणसभा आह्वान गरेको छैन ।

नेपाल हाइड्रोले ७ प्रतिशत सेयर बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद, माण्डु हाइड्रोले १० प्रतिशत नगद र सानिमा माईले १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.५२ लाभांश घोषणा गरेका छन् । यी तीन कम्पनीको बुक क्लोज भइसकेको छ ।