Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीति तर्जुमाको लागि सुझाव दिन बाह्य विज्ञहरु सम्मिलित सल्लाहकार समिति गठन गरिने

२०८० मंसिर २२ गते

बैंकिङ खबर/मौद्रिक नीतिमा सुझाव दिन अब बाह्य विज्ञहरु सम्मिलित समिति बन्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा मौद्रिक नीति तर्जुमामा सुझाव दिनको लागि मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने प्रस्ताव गरेको छ।

‘मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने छ,’ समीक्षामा भनिएको छ।

उक्त समितिमा राष्ट्र बैंक बाहिरका विज्ञहरुको सँलग्नता रहने छ भने सो समितिले केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिको कार्यदिशा, संरचना लक्ष्य तथा उपकरणको विषयमा सुझाव दिने छन्। सो सुभावको आधारमा मौद्रिक नीति तर्जुमा हुने छ।