Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स मिलेमतोबारे छानबिन गर्न माग

२०८० मंसिर १७ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डको नेतृत्व तह र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन मिलेमतो भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायबाट छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

संघका अध्यक्ष नवराज थापा तथा सचिव पुजन ज्ञवालीको हस्ताक्षरमा जारी विज्ञप्तिमा कितोपत्र बोर्ड र ब्यापारिक घरानाको मिलेमतोका कारण दोस्रो बजार समेत प्रभावित भएको जिकिर गरिएको छ । नयाँ स्टक एक्स्चेञ्ज सञ्चालन गर्नका लागि धितोपत्र बोर्डले केही समय पहिले नै लाइसेन्स दिने प्रक्रिया अघि बढाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि रोकिएको थियो । प्रतिनिधिसभाको अर्थ समितिले पनि स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।