Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजारमा अधिक तरलता थुप्रिएपछि रिपोमार्फत तान्दै राष्ट्र बैंक

२०८० मंसिर १४ गते

बैंकिङ खबर/बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन औजारमार्फत १५ अर्ब रुपैयाँ तान्ने भएको हो । पाअ

बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरसहित निक्षेप प्रस्ताव गर्न आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल २०८० मंसिर १४ गते अर्थात् आज दिउँसो २ अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । निक्षेप संकलनको निष्काशन भने २०८० मंसिर १४ गते हुनेछ । निक्षेप संकलनको साँवा ब्याज भुक्तानी २०८० मंसिर २१ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।