Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल वेयरहाउजिङ्गको आइपीओ भर्नुभयो ?, आज अन्तिम दिन

२०८० मंसिर १३ गते

बैंकिङ खबर/नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा हालसम्म १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्ममा १० लाख ५५ हजार ६ सय ३८ जनाले १ करोड १४ लाख ५३ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १०.०३ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।