Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अम्बे कोसी सहकारीका अध्यक्षसहित ५ जना पक्राउ

२०८० मंसिर १० गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच सञ्चालकलाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयलबाट सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएपछि ५ जनालाई पक्राउ गरिएको हो । उनीहरुको विषयमा अहिले थप कागजात आउने क्रममा रहेको र अनुसन्धान भइरहेको छ ।

बचतकर्ताको ४० करोडभन्दा बढी रकम ठगेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी परेको थियो । अझै पनि उजुरी आउने क्रम जारी छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा संस्थाका अध्यक्ष फणिन्द्र मगरसहित राहुल अग्रवाल, शिला गजमेर, कुमार आले र अर्का एक जना सञ्चालक छन् ।

प्रहरीले पक्राउ परेका ५ जनासँग वयान लिइरहेको बताइएको छ । सहकारीले मोरङको विराटनगर, विराट चोक र झापाको दमकमा सेवाकेन्द्र विस्तार गरेको छ । ती सेवा केन्द्रका बचतकर्ता पनि ठगिएको हुनसक्ने बताइएको छ ।