Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० मंसिर १० गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६ सय ३८ कित्ता सेयर बिक्रीका लागि राखेको हो।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिन भित्र निवेदन दिन सक्ने बैंकले जनाएकाे छ।

निवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल आइपुग्ने गरि पेस गर्नु पर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके अनुसारको हुने बैंकले उल्लेख गरेको छ।

३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरे सो सेयर संस्थापक सेयरधनीहरु भन्दा बाहिरका लगानीकर्ताहरुमा बिक्री गरिने छ।