Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बढ्यो नगद परिचालन

२०८० मंसिर ८ गते

बैंकिङ खबर/ बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा गत कात्तिक मसान्तसम्म ६ खर्ब ७७ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ नगद परिचालित छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद परिचालित थियो।

गत असारको तुलनामा कात्तिकमा ८.३४ प्रतिशत अर्थात ५२ अर्ब १८ करोड ८५ लाख रुपैयाँले नगद परिचालन बढेको छ। पछिल्लो ४ महिनाको सरकारी कोष पनि बढेर १ खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत असारमा सरकारी कोषमा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँमात्र थियो।