Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा २५ वित्तीय साक्षरता प्रशिक्षक सूचीकृत (नामावलीसहित)

२०८० कार्तिक २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकमा २५ जना वित्तीय साक्षरता प्रशिक्षक सूचीकृत भएका छन्। राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सूचीकृत २५ वित्तीय साक्षरता प्रशिक्षकको नामावली सार्वजनिक गरेको हो। सूचीकृत वित्तीय साक्षरता प्रशिक्षकमा अभयराज शर्मा, अनिल श्रेष्ठ, अशोककुमार पौडेल, भुवन कडेल, भुवनकुमार दाहाल, भुवनेश्वर भट्टराई, विष्णुमणि गौतम, दीपक केसी, दुर्गाप्रसाद न्यौपाने, सन्तोष प्रदान, सुमानराज सुवेदी र सुरेन्द्रबहादुर शाही छन्।

यसैगरी किरण काफ्ले, कुबेर निरौला, मुरलीप्रसाद लम्साल, निरज गिरी, प्रवीण पौड्याल, प्रदीप भट्टराई, रमेश दाहाल, रमेशप्रसाद जोशी, सन्ध्या श्रेष्ठ, टंक निरौला, तेजेन्द्र शर्मा लम्साल, तुलरीराम पोख्रेल र उमा (जोशी) बोहोरा पनि प्रशिक्षकका रुपमा सूचीकृत भएका छन्।

यसअघि राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न गत असोज २१ गतेदेखि २६ गतेसम्म तालिम सञ्चालन गरेको थियो। तालिममा सहभागी हुन केन्द्रीय बैंकले गत भदौ ७ गते आवेदन माग गरेको थियो।