Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आरएमडीसीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने

२०७३ कार्तिक २४ गते
सेयर:

rmdcरुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर (आरएमडिसी)ले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । 

कम्पनीले गत आर्थिक वर्षमा १७ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल आरएमडीसीको चुक्तापुँजी ६२ करोड ९२ लाख रुपैयाँ छ । प्रस्तावित बोनस बितरण पश्चात आरएमडिसीको चुक्ता पूँजी साढे ६८ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।